परिचय

राष्ट्रको सर्वाङ्गीण विकासको पूर्वाधार नै विज्ञान र प्रविधि हो । देश विकासको लागि महत्वपूर्ण पाटोका रूपमा रहेको विज्ञान र प्रविधिसँग सम्बन्धित वैज्ञानिक एवं प्राविधिकहरूको बारेमा जानकारी उपलब्ध हुनु आजको आवश्यकता हो । बदलिँदो परिस्थिति अनुसार राष्ट्र निर्माणका सन्दर्भमा चाहिने आवश्यक नेपाली विज्ञहरू स्वदेश वा विदेशमा हुनसक्छन् । यसै सन्दर्भलाई दृष्टिगत गरी यस प्रज्ञा–प्रतिष्ठानले नेपाल सरकारको आवश्यकता अनुसार विज्ञ जनशक्तिको बारेमा तत्काल जानकारी सहज तरिकाले उपलब्ध गराउने उद्देश्य सहित विद्यावारिधि गरेका विज्ञहरूको जानकारी सहितको डाइरेक्टरी प्रकाशन गरे पश्चात् विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर गरेका विज्ञहरूको पनि तथ्याङ्क संकलन गरी Who is Who in Science, Technology and Innovation of Nepal (Master's Degree) नामक डाइरेक्टरी प्रकाशन गर्न लागेको हो ।

स्वदेश वा विदेशमा रहेर विज्ञान र प्रविधिसँग सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरिसकेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरूको आवश्यक तथ्याङ्क संकलनार्थ तयार गरिएको अनलाइन डाटा वेस प्रणालीमा उल्लेख भए बमोजिम आफ्नो विवरण उपलब्ध गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

उद्देश्यहरू
  • - नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरूमा कार्यरत वैज्ञानिक तथा प्राविधिक एवं स्वदेश वा विदेशमा रहेर विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर उत्तिर्ण गरिसकेका नेपाली वैज्ञानिक एवं प्राविधिकहरूको अभिलेख राख्नका निमित्त व्यक्तिगत विवरण संकलन गर्ने ।
  • - नेपाल सरकार र विज्ञान तथा प्रविधिसंग सम्बन्धित विभिन्न निकायहरुलाई आवश्यक उपयुक्त जनशक्तिको जानकारी उपलब्ध गराउन संकलित विवरणहरू प्रकाशनमा ल्याउने ।
  • - Database लाई निरन्तर अध्यावधिक गर्ने ।
आवश्यक दस्तावेजहरू
  • क) पासपोर्ट साइजको फोटो
  • ख) Nepali Researcher Identity (NRI) Number
यदि तपाई सँग NRI Number छैन भने https://nast.org.np/nri/ मा Click गरी Registration गरे पश्चात NRI Number प्राप्त गर्न सक्नुहुनेछ ।
सम्पर्कका लागि

ज्योति प्रसाद फुयाल
सदस्य–सचिव Who is Who (M.Sc.) प्रकाशन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट),
खुमलटार, ललितपुर, नेपाल ।
इमेलः whoiswhonast@gmail.com; jphayal@gmail.com
माे नं. : 977-9841846466.

प्रकाशन समिति
१. प्रा.डा. शैलेन्द्र कुमार मिश्र, प्राज्ञ, संयोजक
२. डा.कान्ति श्रेष्ठ, मुख्य वैज्ञानिक अधिकृत सदस्य
३. श्री लुना बज्र, प्रमुख, प्रवर्द्धन तथा प्रचार प्रसार महाशाखा सदस्य
४. डा. लोक रञ्जन भट्ट, वरिष्ठ वैज्ञानिक अधिकृत सदस्य
५. श्री पवन कुमार न्यौपाने, वैज्ञानिक अधिकृत सदस्य
६. श्री भवानी ओली, प्रवर्द्धन अधिकृत सदस्य
७. श्री ज्योति प्रसाद फुयांल, प्रवर्द्धन अधिकृत सदस्य–सचिव